
काठमाडौं,२७ फागुन । राजस्व अनुसन्धान विभागका ५० कर्मचारी भारतमा “राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण” विषयक पाँच दिने विशेष तालिममा सहभागि भएका छन् । नेपाल सरकारको आग्रहमा संचालित उक्त तालिम आज देखि भारतको फरीदाबाद स्थित नेशनल एकाडेमि अफ कस्टममा सुरु भएको छ ।
तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ। साथै वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी बनाउने बताइएको छ।
विभागको दोश्रो टोलीले पनि सोहि स्थानमा चैत्र ११ गते देखि यही प्रकृतिको तालिम सुरु गर्ने छन् ।
Leave a Reply