Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेको इन्स्योरेन्सले दियो हकप्रद निष्कासनको लागि आवेदन

नेको इन्स्योरेन्सले दियो हकप्रद निष्कासनको लागि आवेदन

काठमाडौं, २६ मंसिर । नेको इन्स्योरेन्सले हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इन्स्योरेन्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीकोे २२औं वार्षिक साधारण सभामार्फत परित गरिएको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिइएको हो । यस्तै सोहि वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर प्रस्तावलाई पनि पारित गरेको थियो । उक्त सभाबाट पारित भएको बोनस शेयर आज नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । इन्स्योरेन्सको ७ लाख १२ हजार ८९५.९९ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।

बोनस शेयर र हकप्रद शेयरको पुँजीकरण पछि नेको इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x