Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

साताको तेस्रो दिन पनि शेयर बजार घट्यो, शेयर बजार तिन दिनमा २६.२९ अंकले ओरालो लाग्यो

साताको तेस्रो दिन पनि शेयर बजार घट्यो, शेयर बजार तिन दिनमा २६.२९ अंकले ओरालो लाग्यो

काठमाडौं, २६ मंसिर । साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलाबर शेयर बजारको परिसुचक नेप्से परिसुचक १७.५४ अंकले घटेको छ ।

शेयर बजार खुलेको समयदेखी नै मंगलबार नेप्से ओरालो तर्फ लाग्यो । यसरी ओरालो लाग्ने क्रममा नेप्से परिसुचक १७.५४ अंकले झरेर १५१०.२१ विन्दुमा पुगेको छ । यस साताको पहिलो दिन आइतबारदेखी निरन्तर शेयर बजार ओरालो लागेको छ । यो तिन दिनमा शेयर बजार २६.२९ अंकले झरेको छ । आइतबार ६.०५ अंकले झरेको शेयर बजार सोमबार सामान्य अंक २.७४ अंकले घटेको थियो ।

नेप्से परिसुचक निरन्तर ओरालो लाग्दै गए पनि केहि लगानीकर्ताहरुले कमाएका छन् । घटिरहेको शेयर बजारमा समेत अल्पकालिन लगानीकर्ताहरुले कमाएको शेयर विश्लेषकहरुले बताएका छन् । आज मंगलबार २८ कम्पनीहरुको शेयरलगानीकर्ताहरुले कमाएका छन्् । यता विश्लेषकहरुका अनुसार शेयर बजारले केहि समय यस्तै प्रवृति देखाउने बताएका छन् ।

मंगलबार शेयर बजारमा १५७ कम्पनीहरुको ११ लाख ८० हजार ५६३ कित्ता शेयरको किनबेचबाट ६६ करोड ९२ लाख ११ हजार १८१ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम हिजाको तुलनामा आज मंगलबार बढेको छ । हिजो सोमबार कारोबार रकम ४५ करोड रुपैयाँको हाराहारीमा रहेको थियो । यस्तै आज ४ कम्पनीहरुको १ करोड ५१ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएका छन् । शेयर सुचिकृत हुने कम्पनीहरुमा नेको इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, मुुक्तिनाथ विकास बैंक र अल्पाइन डेभलपमेन्ट बैंक हुन् । हिमालयन जनरल इन्स्योरेन्स, मुुक्तिनाथ विकास बैंक र अल्पाइन डेभलपमेन्ट बैंकको हकप्रद शेयरहरु सुचिकृत भएका छन् भने नेको इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएका छन् ।

यस्तै मंगलबार शेयर बजारमा उत्पादन समुहको परिसुचक बाहेक अरु सवै समुहगत परिसुचकहरुमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x