Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सन्राइज बैंकका ग्राहकले भारतको दुई वटा हस्पिटलमा उपचार गर्दा ५० प्रतिशत सम्म छुट पाउने

सन्राइज बैंकका ग्राहकले भारतको दुई वटा हस्पिटलमा उपचार गर्दा ५० प्रतिशत सम्म छुट पाउने

काठमाडौं, २९ फागुन । सन्राइज बैंकले भारतको बिएलके सुपर स्पेशिलिटि र नानाभाती सुपर स्वेशिलिटि हस्पिटलसँग उपचार सेवामा छुट दिनेबारे सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

सो सम्बन्धि सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले हस्ताक्षर गरेका छन् ।

भारत स्थित दुई प्रतिष्ठित यी हस्पिटलहरु जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५० प्रतिशत सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x