नागरिक लगानीकोष २३.१६ प्रतिशत लाभांश वितरण गर्दै

काठमाडौं, २९ फागुन । नागरिक लगानीकोषले आफ्ना सेयरधनीहरुलाई २३.१६ प्रतिशत लाभांश दिने भएको छ । कोषकोे संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट २२ प्रतिशत बोनश र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कोषले सेयरधनीहरुलाई २२ प्रतिशतका दरले २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको निमित्त १.१६ प्रतिशतका दरले १ करोड २७ लाख ६४ हजार ७७ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ ।

उक्त प्रस्तावित लाभांश कोषको आगामी साधारणसभाले पारित गरे पश्चात लगानीकर्ताहरुलाई वितरण गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *