Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टिकेन सेयर बजारको बृद्धि, आज पुन दोहोरो अंकको गिरावट

टिकेन सेयर बजारको बृद्धि, आज पुन दोहोरो अंकको गिरावट

काठमाडौं, २९ फागुन । केही दिनयता उकालो चढ्ने क्रममा रहेको सेयर बजारमा आज ( बुधबार ) पुन ब्रेक लागेको छ । सोमबार र मंगलबार दोहोरो अंकले उकालो लागेको बजार बुधबार दोहोरो अंकले घटेको छ ।

बुधबार सेयर बजार मापन गर्ने सूचक १३.१६ अंकले घटेर १ १५०.१० बिन्दुमा रोकिएको छ । यो दिन १ सय ७३ कम्पनीको सेयर ४१ करोड ३४ लाख रुपैयाँ बढीमा कारोबार भएको छ । कारोबारमा आएका दशवटा उप समूह मध्ये नौ वटा समूहको उपसमूहको सेयर घटेको छ । फाइनान्स समूहको परिसुचक मात्र २.७४ अंकले बढेको छ ।

यो दिन कारोबार रकमका आधारमा एनसिसि बैंक अग्रस्थानमा देखिएको छ । बैंकको २ करोड बढीको कारोबार भएको छ । युनाईटेड फाईनान्स लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने हाथवे फाईनान्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x