सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा

काठमाडौं, २९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेखमा नयाँ शाखा विस्तार गरेको छ । मुलुकको सबै क्षेत्रमा आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य बैंकले उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । हाल बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु, उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *