प्राइम कमर्सियल बैंकको १०औं. वार्षिक साधारण सभामा २७ प्रतिशत बोनस

काठमाडौं, २७ मंसिर । प्राइम कमर्सियल बैंकले पौष २५ गते १०औं वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा बैंकले शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकले लाभांश प्रयोजनका लागि पौष ५ देखी २५ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पौगा ४ गतेसम्म बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको २७ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।

बैंकले प्रस्ताव गरेको २७ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *