Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुँजीबजार सम्वन्धी जानकारी गराउन लगानीकर्ता साक्षात्कार कार्यक्रम

पुँजीबजार सम्वन्धी जानकारी गराउन लगानीकर्ता साक्षात्कार कार्यक्रम

काठमाडौं, २७ मंसिर । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले युनाइटेड फाइनान्स लि., प्राइमो सेक्यूरिटिज प्रा.लि. र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा वीरगंज, पर्सामा “लगानीकर्ता साक्षात्कार कार्यक्रम”आयोजना गरको छ ।

राजधानी र देशका केही प्रमुख शहरहरुमा मात्र केन्द्रीत नेपालको पूँजीबजारको पहुँचलाई देशका कुनाकाप्चामा पु¥याउने उद्देश्यले सिडिएससिले लगाीकर्ता साक्षात्कास कार्यक्रमको आयोजना गरिएको बताएको छ । कार्यक्रममा धितोपत्र बजार एवं पुँजीबजारमा भएको थप विकासको बारेमा सहभागिहरुलाई सुचित गराइएको छ ।

कार्यक्रममा सिडिएससिले धितोपत्र अभौतिकीकरण गर्ने, डिम्याट् खाता खोल्ने लगायतका सेवा प्रदान गर्नका लागि विभिन्न बैंक, फाइनान्स र ब्रोकरहरुलाई निक्षेप सदस्यको सदस्यता प्रदान गरी उक्त संस्थाहरुको शाखाहरुबाट उक्त सेवाहरु प्रदान गरिरहेको व्यहोरा जानकारी दिइएको छ । यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनिवार्य गरेको आस्बा प्रणालीमा आवद्ध पक्षहरुलाई थप सहजीकरण प्रदानगर्न तथा थप व्यवस्थित गर्न सिडिएससिले केन्द्रीकृत प्रणाली विकास गरी केही बैंक तथा वित्तीय संस्थाहरु मार्फत् प्रयोगमा ल्याइसकेको समेत सहभागिहरुलाई बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x