एशियन लाईफ इन्स्योरेन्स र माछापुछ्रे बैंकबीच बीमा सेवा सम्झौता


काठमाडौं, ५ चैत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुछ्रे बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै अब माछापुछ्रे बैंकका ९७ वटा शाखाहरुबाट इन्स्योसेन्सले ल्याएको २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभरका १ सय १४ वटा कार्यलयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *