Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दुई फाइनान्स कम्पनीहरु समस्याग्रस्त अवस्थाबाट मुक्त

दुई फाइनान्स कम्पनीहरु समस्याग्रस्त अवस्थाबाट मुक्त

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीहरुलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको छ । राष्ट्र बैंकले कुबेर मर्चेण्ट फाइनान्स र ललितपुर फाइनान्सलाई गत मंसिर १९ गतेदेखी समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको छ ।

राष्ट्र बैंकले कुबेर मर्चेण्ट फाइनान्सलाई २०६९ पौष २३ गते समस्याग्रस्त घोषणा गरेको थियो । कुबेर मर्चेण्टले राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले समस्याग्रस्त अवस्थाबाट मुक्त गरिएको बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा गरेको थियो । ललितपुर फाइनान्सले राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले समस्याग्रस्त अवस्थाबाट मुक्त गरिएको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यी दुवै फाइनान्सलाई दुई वर्ष भित्र तोकिएको चुक्ता पूँजी ८० करोड रुपैयाँ पु-याउने गरी पुँजी बृद्धि योजना तयार गरी ३५ दिनभित्र पेश गर्नुपर्ने बताएको छ । यस्तै संस्थाको खराव कर्जालाई क्रमिक रुपमा घटाउदै, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्न निर्देशन दिएको छ । यस्तै संस्थालाई समस्याग्रस्त अवस्थामा पुर्याउन जिम्मेवार व्यक्तिहरुको पहिचान गरी प्रचलित कानून बमोजिम कारवाहीको सिफारिस गर्न गठित समितिले पेश गरेको “पहिचान तथा छानविन प्रतिवेदन २० मा आरोपित भएका व्यक्तिहरु उपर प्रचलित कानुन बमोजिमको कारवाही प्रक्रियालाई अघि बढाउन समेत निर्देशन राष्ट्र बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x