Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्सेमा ६.८६ अंकको गिरावट

नेप्सेमा ६.८६ अंकको गिरावट

काठमाडौं, ७ चैत । साताको अन्तिम कारोबारका दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.८६ अंकले घटेर १,१४०.६० को बिन्दु झरेको छ । नेप्सेमा कारोबार भएका कुल १ सय ७१ कम्पनीको ९,७४,७२६ कित्ता सेयर खरिद बिक्री हुँदा २७ करोड २४ लाख ९४ हजार बराबरको कारोबार भएको हो ।

सो दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । जसको २ करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै सर्वाधिक कमाउनेमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.९१ प्रतिशतले वृद्धि भएकोे छ । साथै सर्वाधिक गुमाउनेमा ग्लोबल आईएमी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मूल्य ५.७४१६३ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुचिकृत ११ वटा समुहहरुमा ४ वटा समूहरुको सुचक बढेको छ भने ७ वटा समूहको सुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x