Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल चेम्वर अफ कमर्सद्वारा स्लोभाकका राजदुतलाई सम्मान

नेपाल चेम्वर अफ कमर्सद्वारा स्लोभाकका राजदुतलाई सम्मान

काठमाडौं,७ चैत । नेपाल चम्वर अफ कमर्सले स्लोभाक गणतन्त्रका नेपालका लागि राजदुत इभान लान्कारिकको सम्मान गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चेम्वरले इभानलाई स्वागत तथा सम्मान गरेको हो । उक्त स्वागत कार्यक्रममा राजदुत इभानले प्रबिधिको क्षेत्रमा स्लोभाकले ठूलो उपलब्धी हाशिल गरेको बताए ।

राजदुत इभानले नेपाल र स्लोभाक गणतन्त्र वीच व्यापार सम्वन्ध अपेक्षित मात्रामा हुन नसकेको पनि बताए । आफ्नो कार्यकालमा आपसी व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिने उनले प्रतिवद्धता जनाएका छन् ।

स्वागत कार्यक्रमको अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राकेश काजी श्रेष्ठले नेपाल र स्लोभाक गणतन्त्र वीचको द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धिका लागि चेम्वरबाट बर्षेनी आयोजना हुने ‘अन्तर्राष्ट्रिय चेम्वर एक्सपो’मा सहभागी हुन आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x