Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रधानमन्त्री ओली सवार विमान होल्ड हुनुमा क्यानको कमजोरी, कारवाहीको सिफारिस

प्रधानमन्त्री ओली सवार विमान होल्ड हुनुमा क्यानको कमजोरी, कारवाहीको सिफारिस

काठमाडौं ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा होल्ड हुनुमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण  क्यानको कमजोरी रेहेको भन्दै क्यानका अधिकारीलाई कारवाहिको सिफारिस गरिएको छ ।  

प्रधानमन्त्री चडेको जहाज लामो समयम आकशमै फन्को लगाउनु (होल्ड) अवस्थाका सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो ।  समितिले चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख र विमानस्थलका टावर कन्ट्रोलर विभागीय कार्वाही गर्न क्यानलाई लेखी पठाउने तथा यती एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटीमा लापरवाही गरेका कारण विमान होल्ड भएको विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने सिफारिश गरेको छ ।

भिभिआइपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाडौँ अवतरणका क्रममा होल्ड भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x