Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुरुङ्ग मार्ग निर्माणमा स्वीस सरकारको अनुभव र प्रविधि नेपाल प्रयोग गर्न चाहन्छ : अर्थमन्त्री डा. खतिवडा

सुरुङ्ग मार्ग निर्माणमा स्वीस सरकारको अनुभव र प्रविधि नेपाल प्रयोग गर्न चाहन्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं,८ चैत । अर्थमन्त्री डा. युवराज खतिवडासँग स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागरले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पु¥याएको सहयोग प्रति धन्यवाद दिए ।

त्यस्तै, यातायात तथा सुरुङ्ग मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको पनि खतिवडाले बताए । नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडी बढाउन स्वीस सरकारसँग विशेष आग्रह गरे ।

भेटमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गर्दै नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x