Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल क्लियरिङ्ग हाउसको सेवा लगातार चार दिन बन्द, ग्राहक मर्कामा

नेपाल क्लियरिङ्ग हाउसको सेवा लगातार चार दिन  बन्द, ग्राहक मर्कामा

काठमाडौं, ८ चैत । नेपाल क्लियरिङ्ग हाउसको सेवा बन्द हुँदा रेगुलर चेक क्लियरिङ्गका ग्राहकहरु कर्मामा परेका छन् । बुधबार हिमाली र पहाडी जिल्लामा होलीको सार्वजनीक बिदा र बिहिबार तराई क्षेत्रमा होलीको सार्वजनीक बिदा दिइएको थियो । तर ति दुबै दिन क्लियरिङ्गले सेवा बन्द गर्दा ग्राहकहरु मर्कामा परेका हुन ।

शुक्रबार भने रेगुलर चेक क्लियरिङ्ग सेवा बन्द हुने गरेको छ। एक्प्रेस चेक र हाइभ्याल्यु चेक क्लियरिङ्गको काम भने शुक्रबार भइरहेको क्लियरिङ्ग हाउसले जनाएको छ।

सार्वजनीक बिदाको दुई दिन र आज समेत रेगुलर सेवा बन्द गर्दा मंगलबार चेक जम्मा गरेका ग्राहकको पैसा अझै खातामा जम्मा भएको छैन । एक ग्राहकले अर्थको अर्थसँग भने ‘मंगलबार जम्मा गरेको चेक क्लियरिङ्गका लागि आइतबार सम्म कुर्नुपर्दा व्यवसायीक भुक्तानीमा समस्या आएको छ ।’

तराई क्षेत्र दिइएको सार्वजनीक बिदालाई देखाएर क्लियरिङ हाउसले गैरजिम्मेवार काम गरिरहेको भन्दै उनले भुक्तानीमा सरला भन्दा पनि झन्झट सृजना गरेको आरोप लगाए । क्लियरिङ्ग हाउसका अनुसार रेगुलर क्यिरिङ्गका लागि ग्राहकहरुले आइतबार सम्म कुर्नुपर्ने छ ।

नेपाल राष्ट्र बैंक लगायत १ सय १४ बैंक वित्तीय संस्थाहरुबाट प्रवद्धित क्लियरिङ्ग हाउसले हाल इलेक्ट्रोनिक चेक क्लियरिङ्ग सेवा प्रदान गदै आएको छ । चेक क्लियरिङ्ग प्रणालीमा ८१ बैंक÷वित्तीय संस्थाहरु र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७६ बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x