कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ८ चैत । कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कमल गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ७३ वटै शाखाहरुबाट सहज रुपमा एभरेष्ट इन्स्योरेन्सको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *