Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यो साता नेप्सेमा १ अर्व १४ करोड बढीको कारोबार

यो साता नेप्सेमा १ अर्व १४ करोड बढीको कारोबार

काठमाडौं, ९ चैत । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन २०.८५ अंकले घटेको छ । पहिलो दिन ११६१.४५ बिन्दुमा रहेको नेप्से अन्तिम दिन सम्म आइपुग्दा ११४०.६० को बिन्दुमा झरेको छ ।

सातामा नेप्से ४ दिन मात्र कारोबार भएको छ । ४ दिनको कारोबारमा ४३ लाख ७७ हजार १ सय ७१ कित्ता सेयर १ अर्ब १४ करोड ३० लाख रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से ५.९९ अंकले बढेर १,१६१.४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । उक्त दिन १ सय ७२ कम्पनीको १४,७७,८९२ कित्ता शेयर खरिदबिक्री भई ३७ करोड १२ लाख ३६ हजार बराबरको कारोबार भएको थियो ।

दोस्रो दिन सोमबार भने सेयर बजार नकारात्मक देखियो । सो दिन ७.४७ अंकले घटेर १,१५३.९८ बिन्दुमा कारोबार बन्द भएको थियो । कुल १ सय ६९ कम्पनीहरुको १३,९३,५५८ कित्ता सेयर खरिद बिक्री हुँदा ३६ करोड ७ लाख रुपैँया भन्दा बढीको कारोबार भएको थियो ।

यसैगरि मंगलबार पुन नेप्स ६.८३ अंकले घटेर १,१४७.१५ को बिन्दुमा बन्द भएको थियो । उक्त दिन १ सय ५८ कम्पनीको ५,३४,९९५ कित्ता सेयर खरिदबिक्री भई १४ करोड ८६ लाख ३३ हजार बराबरको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन बुधबार होलीको सार्वजानीक बिदा परेको हुनाले सो दिन कारोबार बन्द रह्यो ।

साताको अन्तिम दिन बिहिबार पनि पुन नेप्से ओरालो लाग्यो । नेप्से ६.८६ अंकले घटेर १,१४०.६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । सो दिन १ सय ७१ कम्पनीको ९,७४,७२६ कित्ता सेयर खरिदबिक्री भई २७ करोड २४ लाख ९४ हजार बराबरको कारोबार भएको थियो । यस साता जम्मा ४ दिन कारोबार भयो भने यस साता पनि सरकारी ऋणपत्रहरुको कुनैपनि कारोबार भएन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x