ललितपुरको श्री कृष्ण आधारभूत विद्यालयललाई मस्रिक बैंकको सहयोग

काठमाडौं, ९ चैत । दुबईमा केन्द्रीय कार्यालय भएको मस्रिक बैंकले श्री कृष्ण आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको गोदावारी नगरपालिका–२ टिकाचौरमा रहेको आधारभूत विद्यालयलाई सहयोग स्वरुप कम्युटर, ल्यापटप सहितका सामाग्री प्रदान गरेको हो ।

बैंकको नेपाल प्रमुख हेमा कुमारी अधिकारीले विद्यालयलाई सहयोग स्वरुप १ थान कम्प्युटर, १ थान थ्रि–ईन–वन प्रिन्टर, स्क्यानर, फोटोकपी मेसिन, १ थान प्रोजेक्टर, १ थान ल्यापटप सहित १० लाख बराबरको सामाग्री हस्तान्तरण गरेकी हुन ।

सामग्री हस्तान्तरण गर्दै अधिकारीले यसको सही उपयोग हुनु पर्नेमा जोड दिइन
। आवश्यक परे शिक्षकलाई तालिमको व्यवस्था गर्न सकिने उनको भनाई थियो । त्यस्तै विद्यालयमा रहेका ६१ जना विद्यार्थीहरुलाई स्कुलको ड्रेस र एक वर्षसम्म पुग्ने स्टेशनरीका समग्रीहरु पनि उपलव्ध गराएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघीय संसद् नवराज सिलवालले मस्रिक बैंकलाई धन्यवाद ज्ञापन दिदै आवश्यकता अनुसार विद्यालयलाई आफूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *