Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विप्लव’ नेतृत्वको पार्टीका नेता हेमन्तप्रकाश ओली पक्राउ

विप्लव’ नेतृत्वको पार्टीका नेता हेमन्तप्रकाश ओली पक्राउ

काठमाडौं,९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज गएराति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।

ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका जानकारी दिए ।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेताको रुपमा गनिन्छन् । नख्खु एनसेल मुख्यालय अघि गराइएको बम विष्फोटका सम्वन्धमा ओलीले विविसि नेपाली सेवा सँग कुरा गर्दै बम विस्फोटको जिम्मेवारी लिएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x