Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मन्त्रालय मौन बस्दा मेलम्ची आयोजनाको काम लथालिङ

मन्त्रालय मौन बस्दा मेलम्ची आयोजनाको काम लथालिङ

काठमाडौं,९ चैत। मेलम्ची खानेपानी आयोजनाको कामको जिम्मा लिएको इटालियन कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि अन्योल बनेको आयोजनाको कसरी पुरा गर्ने टुंगो अझै लाग्न सकेको छैन । आयोजनाको बाँकी काम कसलाई जिम्मा दिने र कसरी अगाडि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय मौन रहदा बहुप्रतीछित मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र परेको हो ।

सकेसम्म सिएमसि फकाउने रणनीतिमा मन्त्रालय लागेका कारण संसद समितिले निर्देशन दिएपनि सरकारले बाँकी रहेको काम फास्ट ट्रयाकबाट गराउने कि अरू कुनै बाटोबाट गराउने भन्ने निर्णय गर्न सकेको छैन । समस्या केखके छन् भन्ने विषयमा अध्ययन गरिरहेको खानेपानी मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले बताए । सीएमसीले काम छाडेको यतिका समयसम्म पनि मन्त्रालय मौन बस्दा आयोजनाको काम लथालिंग अवस्थामा रहेको छ । मन्त्रालयले ठोस निर्णय नगर्दासम्म आयोजनाको काम अगाडि बढाउन समस्या हुने आयोजना प्रमुख सूर्य कडेको भनाइ छ ।  

झण्डै दुई दशकदेखि शुरू भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अधिकारीहरूले बताएका छन्। २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति ‘इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम बाँकी छ। त्यसैगरी सुरुङ्गको दैनिक अनुगमन गर्ने प्रणाली स्थापना गर्न बाँकी छ। यसअघि पनि मन्त्रालयका अधिकारीहरूले सीएमसीको धरौटी रकम जफत गरेर आफ्नै ढङ्गले आयोजना अघि बढाउने बताउदै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x