लगानी सम्मेलनमा सफल बनाउन साझा धारण बनाउनुपर्ने प्रधानमन्त्रीको जोड
काठमाडौं,९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन साझा धारणा बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने जोड दिएका हुन ।
उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी योगदानका आवश्यक रहेको बताए ।
केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “चन्दा सङ्कलन र लुटपाट गर्नेजस्ता गतिविधि नियन्त्रण गर्न कानूनअनुसार अघि बढन उहाँको निर्देशन थियो ।
मुलुकमा उत्पादन बढाउन, उद्योग, व्यपार र वाणिज्य प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको परिषद् विकास र समृद्धिका लागि खम्बाका रुपमा रहने विश्वास गरिएको छ । प्रधानमन्त्री मातहत रहेको उक्त परिषद्ले अन्तर्राष्ट्रिय व्यपार, उद्योग विकास र लगानी साथै कृषि उत्पादनमा जोड र उपभोक्ताको अधिकारको संरक्षण गर्नेजस्ता विषयमा नीति तर्जुमा, योजना र कार्यक्रम बनाउने र अनुगमन गर्ने कार्य गर्दै आएको छ ।
बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा पुष्पराज कँडेल, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीलगायत निजी क्षेत्रका अरू प्रतिष्ठानका प्रतिनिधिसहभागीता थियो ।