संघीय सरकार मार्फत नै एसईई परिक्षा शुरु, चार लाख विद्यार्थी सहभागि

काठमाडौ,१० चैत ।  देश सघीयतामा गइसकेपछि प्रदेश सरकार हरु गठन भएपनि   यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संघीय सरकारको मातहत नै आजबाट शुरु भएको छ । चैत २१ गतेसम्म सञ्चालन परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागिता रहने परीक्षा नियन्त्रण कार्यालय  सानोठिमीले जनाएको छ ।    

देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ। यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ। संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र बनइएको छ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन गरिएको छ । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन्। यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *