Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

माथिल्लो तामाकोसीमा ७ अर्ब भन्दा बढीको खर्च अभाव

माथिल्लो तामाकोसीमा ७ अर्ब भन्दा बढीको खर्च अभाव

काठमाडौं, १२ चैत । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई नगद ७ अर्ब ७० करोड रुपैयाँको अभाव भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार कम्पनीलाई ७ अर्ब ७० करोड रुपैयाँको अभाव भएको हो ।

नगद प्रवाहको समस्या तत्कालका लागि समाधान गर्न अल्पकालीन ऋणको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । हालसम्म यो आयोजनामा ४४ अर्ब ७ करोड रुपैयाँ खर्च भइसकेको छ ।

आयोजनामा सरकारले ११ अर्ब ८ करोड, कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब गरी ३१ अर्ब ८ करोड ऋणबाट र १० अर्ब ५९ करोड रुपैयाँ स्वपूँजी (इक्विटी) बाट जुटाइएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x