Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजार ६ बजेसम्म खुल्ला हुँदा नेप्से १.८० अंकले बढ्यो

सेयर बजार ६ बजेसम्म खुल्ला हुँदा नेप्से १.८० अंकले बढ्यो

काठमाडौं, १३ चैत । बुधबार ११ बजे देखी खुलेको सेयर बजार ६ बजे कारोबार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा १: ४५ बजे समस्या आएर करिव दुई घण्टा ५४ मिनेटपछि कारोबार सुचारु भएको हो ।

ब्रोकर प्रणाली (टीएमएस) डाटा सेन्टरमा समस्या आएर फायरवालले काम नगरेको कारणले गर्दा कारोबार प्रभावित भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । डाटा सेन्टरको प्राथमिक राउटर अर्थात फायरवाललाई वैकल्पिक फायरवालले काम चलाएसँगै शेयर कारोबार खुलेको उनले जानकारी दिए ।

पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से सूचक बुधबार १.८९ अंकले बढेर ११४२.६१ विन्दुमा कारोबार बन्द भएको हो ।

सो दिन बजारमा १ सय ६६ कम्पनीको २२,२६,८५० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड ६६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसै गरि बुधबार नेप्सेमा कुल १० वटा समूहको सेयर कारोबार भएकामा ६ वटा समूहका सूचक हरिया भएका छन् भने बाँकी ४ समूह देखिएका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ३९.२५ अंकले बढेको छ 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x