लगानी सम्मेलन शुरू – लगानी मैत्री कानून निर्माण गरिएको भन्दै ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,१५ चैत । बहुप्रतिक्षित लगानी सम्मेलन शुरू भएको छ । काठमाडौंको सोल्टी होटलमा सुरु भएको लगानी सम्मेलनमा ४० देशका ६०० बढी लगानिकार्ताले सहभागिता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको औपचारीक उद्घाटन गरेका छन् । सम्मेलनको उद्घाटन सत्रमा बुद्ध र सगरमाथाको भूमिमा यहाँहरुलाई स्वागत छ भन्दै भाषण शुरु गरेका प्रधानमन्त्री ओलीले संवोधनका क्रममा नेपालका जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने, लगानीका लागि नेपाल ‘भर्जिन ल्याड’ भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गरे । उनले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए।

तपाइहरुको लगानी प्रतिक्षमा ३० खर्ब बढीका परियोजनाहरु रहेका छन् । म यहाँहरुलाइ के भन्ने चाहान्छु भने हामी हाम्रा अन्तरष्ट्रिय समुहसँग विकासका लागि साझेदारी गरेर अघि बढन चाहान्छौ तपाइहरुको सहभागितका लागि धेरै प्रश्नता ब्यक्त गर्द्छु । प्रधानमन्त्रीले संवोधनका क्रममा भने । मलाइ यो विश्वसा छ तपाइहरु घर फर्कदा मलाइ लाग्छ नेपालमा लागनी गर्ने प्याकेज सहित जानुहुनेछ । गएको बर्ष हामीले नयाँ कानून निर्माणमा खर्च गर्यौ लागनीका लागि वातवरण बनाउन उपयुक्त कानूनहरु निर्माण गरेका छौ हामी राजीनित रुपान्तरणबाट अव आर्थिक समृद्धको यात्रमा अघि बढेका छौ अवको लक्ष्य भने मध्य आय भएका राष्ट्रमा स्तर उन्नती गर्नु हो र दिगो विकास लक्ष्य प्राप्त गर्नुको । संवोधनको क्रममा प्रधानमन्त्री ओलीले भने । म तपाई समृद्ध नेपाल निर्माणको यो अभियानमा सहयोग पुर्यायउन लगानीका लागि आग्रह गर्दछु । संवोधनका क्रममा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनलाइ लक्षित गरी जारी गरिएका कानूनहरुको सम्वन्धमा जानकारी दिए ।

सम्मेलको उद्घाट सत्रमा स्वागत मनत्वय दिदै गर्दै अर्थ मन्त्री खतिवडाले सम्मेलन सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रको बीचमा ‘नेटवर्किङ’ बढाउने एउटा सुनौलो अवसर हुने अपेक्षा गरे । लगानी सम्मेलनले मुलुकलाई समृद्ध बनाउन ढोका खुल्ला गर्ने अपेक्षा गरिएको छ। लगानी सम्मेलनबाट लागनीको प्रतिद्धतमात्र नभइ देशको आर्थिक विकसमामा सहयोग पुग्ने विश्वास व्याक्त गरे ।

म्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँकप सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

उद्घाटन सत्र सकिएसँगै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्चपदस्थ व्यक्तिको सहभागिता रहनेछ । सरकारको सङ्कल्पका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल बनाउनसमेत सम्मेलन महत्वपूर्ण भएको बताइएको छ ।

सम्मेलनमा ६४ करोडदेखि तीन खर्ब ५० अर्ब रुपैयाँसम्मका परियोजना प्रस्तुत हुनेछन् । मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार ३१ खर्ब रुपैयाँ बराबरको परियोजनाको सूची तयार गरिएको छ ।

विसं २०४६ को परिवर्तनपछि बनेको सरकारले विसं २०४८ मा लगानी सम्मेलनको आयोजना गरेको थियो । यस्तै दुई वर्ष पहिले २०७३ सालमा पनि लगानी सम्मेलनको आयोजना गरिएको थियो । यसपटकको सम्मेलनमा लगानीकर्तालाई परियोजनाको सम्पूर्ण जानकारी र अवस्थाबारे समेत जानकारी गराइने बताइएको छ ।

सम्मेलनमा सातवटै प्रदेशका तर्फबाट पनि थप केही योजना प्रस्तुत गर्ने तयारी गरिएको छ । सम्मेलनकै लागि सातै प्रदेशका मुख्यमन्त्रीसमेत काठमाण्डौ आइपुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँ रहेका विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *