सहुलियत ऋणका लागि आवेदन दिएका मध्ये १८ हजार यूवाले मात्र ऋण पाउने
काठमाडौं,१५ चैत । सहुलियत ऋणका लागि आवेदन दिएका मध्ये १८ हजार ७ सय ६७ जना युवा सूचीकृत भएका छन् । सहुलियत ऋणका लागि आवेदन दिएका २० हजारभन्दा धेरै युवामध्ये १८ हजार ७ सय ६७ युवालाई ऋणका लागि सूचीकृतमा परेका छन् ।
विदेशबाट फर्किएका र स्वदेशमै केही गर्न चाहने युवालाई सहुलियतमा १० लाख रुपैयाँसम्म ऋणका लागि गएको मंसिर १३ गते सरकारले आवेदन मागेको थियो । आवेदन दिनेमध्येबाट मापदण्ड पुगेका युवालाई सूचीकृत गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए । ऋणका लागि निवेदन दिएका र सूचीकृत भएका युवाहरूका लागि अब आफ्नो व्यवसायीक योजनासहित बाणिज्य बैंकमार्फत ऋण लिन सक्ने बाटो खुला भएको छ ।