Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

के के कार्यक्रम छन् लगानी सम्मेलको उद्घाटन सत्रमा

के के कार्यक्रम छन् लगानी सम्मेलको उद्घाटन सत्रमा

काठमाडौं,१५ चैत । बहुप्रतिक्षित लगानी सम्मेन आज देखि सुरु हुँदै छ । सम्मेलन आज विहान ९ बजेबाट शुरु हुने छ । पहिलो सत्र उद्घाटन सत्रको रुपमा  रहने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन  गर्ने छन् । यस्तै पहिलो सत्रमा अर्थमन्त्री डा युवराज खतिवडा, सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतले सम्बोधन गर्नुहुनेछ ।

उद्घाटन सत्र सकिएपछि दोस्रो सत्रमा लगानीको अवसर विषय छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ । यस विषयलाइ जानकारी गराइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x