Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लगानी सम्मेलनमा सहभागी हुन चार सय बढी प्रतिनिधि काठमाडौं आइपुगे

लगानी सम्मेलनमा सहभागी हुन चार सय बढी प्रतिनिधि काठमाडौं आइपुगे

काठमाडौँ, १४ चैत । लगानी सम्मेलनमा भाग लिन चार सय भन्दा बढी पाहुँनाहरु राजधानी काठमाडौ आइपुगका छन् । यस्तै केही पाहुना भने आज राति अबेर र शुक्रबार बिहानसम्म आइपुग्ने लगानी बोर्डले जनाएको छ । सम्मेलन आयोजना हुने होटल सोल्टीमा समेत आवश्यक तयारी पूरा भएको वोर्डका प्रवक्ता वलराम रिज्यालले जनकारी दिनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बोर्डका कर्मचारी खटिएका छन् । विमानस्थलमा सहजरुपमा प्रवेशाज्ञा, मोबाइलको सिमकार्ड तथा सम्बन्धित होटलमा पु¥याउने व्यवस्था गरिएको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्तदुरुस्त बनाइएको छ ।

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई प्रस्तुत गरिने भएको छ ।सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x