भारतीय विदेश सचिव उच्च स्तरीय भेटघाटमा ब्यस्त

काठमाडौं,१४ चैत । भारतीय विदेश सचिव श्री विजय गोख नेपाल आएसँगै भेटघाटमा ब्यास्त भएका छन् । भारतीय विदेश सचिव गोखले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीसँग आजै भेटवार्ता गरे भने त्यस अघि परारष्ट्र सचिव एव समकक्षी संकरदाश बैरागीसँग पनि भेटवार्ता गरेका थिए ।
सचिवद्वयबीच व्यापक द्विपक्षीय साझेदारीका साथै आपसी हितका क्षेत्रीय मुद्दा र अन्य मुद्दाहरुबारे विचारविमर्श भएको थियो । द्विपक्षीय परियोजना तथा नेपाल र भारतका प्रधानमन्त्रीद्वयको २०७४ चैत्र एवम् २०७५ वैशाखमा भएको पारस्परिक भ्रमणका क्रममा गरिएका पहलमा भएको ठोस प्रगतिबारे सन्तुष्टि व्यक्त गरे । विदेश सचिवले सहकार्यको विविध क्षेत्रमा द्विपक्षीय आदानप्रदानलाई निरन्तरता दिने तथा दुई देशबीचको निकट, मैत्री तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने सहमति जनाएका छन् ।