Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

एडीबीद्वारा नेपालको आर्थिक समृद्धिका लागि थप सहयोग गर्ने प्रतिवद्धता

एडीबीद्वारा नेपालको आर्थिक समृद्धिका लागि थप सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं, १७ चैत । लगानी सम्मेलनमा भाग लिन आएका एशियन विकास बैंक (एडीबी)का उपाध्यक्ष शिक्षिन चेनले नेपालको समृद्धि र सुशासनमा थप सहकार्य गर्ने बताएका छन् । लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा र उर्जा मन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको सुशासन र समृद्धिका लागि एडीबीले सदैव सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सम्मेलन पश्चात भ्रमणका क्रममा रहेका उपाध्यक्ष चेनले एडीबीद्वारा सञ्चालित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, लुम्बिनी स्थित दक्षिण एशियाली पर्यटन पूर्वाधार परियोजना लगायत अन्य प्रोजेक्टहरुको अवलोकन गरेका छन् । अवलोकन पश्चात उनले २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका प्राकृतिक सम्पदा निजी तथा सरकारी भवनहरुको पुनःनिर्माणमा आवश्यक थप सहयोग गर्ने बताए ।

हालसम्म एडीबीले विभिन्न १८ वटा परियोजनाहरुमा अर्बाैंको सहयोग गरिरहेको छ । करिब ५० वर्षदेखि नेपाली जनस्तरलाई माथि उठाउँन करिब ६ अर्व रुपैयाँको सहयोग गरिसकेको र आवश्यकता अनुसार अझ सहयोग गर्दै जाने उनले प्रतिवद्धता पनि जनाएका छन् ।

त्यस्तै नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार पार्न २०२० देखि २०२४ सम्मलाई विभिन्न योजनाहरु तयार गरिरहेको बैंकले जानाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x