Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लगानी सम्मेलनमा परियोजनाहरु लिलामीमा राखेका थिएनौ – अर्थ मन्त्री खतिवडा

लगानी सम्मेलनमा परियोजनाहरु लिलामीमा राखेका थिएनौ – अर्थ मन्त्री खतिवडा

विभिन्न १६ वटा परियोजनाहरुमा लगानीका सम्झौता भइ नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न भएको छ । सम्पन्न लगानी सम्मेलनको बारेमा सम्मेलनको संयोजक तथा अर्थ मन्त्री डा. युवराज खतिवडा के भन्नछन् । सम्मेलन पश्चात मन्त्री खतिवडाले दिएको प्रतिकृयाको सारंश :

हामीले हाम्रो क्षमता अनुसार सम्मेलनलाई सफल बनाउन अधिकतम प्रयास गरेका थियौ । खासगरि नेपाल लगानीको लागि उचित गन्तव्य भएको सबैलाई जानकारी गराइएको थियो र हाम्रो तयारीले त्यसलाई पुष्टीपनि गरेको थियो । सहभागी सबै लगानीकर्ताहरु सन्तुष्ट्र हुनुन्छ । उहाँहरुले आवश्यक जानकारी सुचनाहरु पाउनु भएको छ । धेरै भन्दा धेरै लगानीको इच्छाहरु प्रकट गर्नु भएको छ ।

सम्मेलनमा हस्ताक्षर भएका सम्झौता पत्र (एमओयु) हरु र लगानीका सम्झौताहरु शुरुवात मात्रै हुन् । वास्तवमा हामीले उहाँहरुलाई प्रस्तुत गरेका अधिकांस परियोजनाहरुमा लगानीका इच्छा आउन थालेका छन् । तर हामीले त्यसलाई प्रकृयागत ढंगले मात्र टुङ्गायाउछौं । परियोनजाहरुलाई हामीले लिलाममा राखि कुनै पनि बोलकबोल मेला लगाएका थिएनौ । परियोजनाहरु हामीले शोकेसिङ्ग गरेका हौं । शोकेसमा राखेको सबै चिज बेचिन्दैन उपयुक्त अवस्थामा बेचिन्छ ।
लगानी सम्मेलन गरेर उहाँहरुलाई विस्वास्त बनाउने र लगानीकर्ताहरुले इच्छा गरेका आयोजनामा विधिवत तवरले टुङ्गायाउने भनेर लागेका हौ । त्यही अनुसारको लगानीकर्ताहरुले अत्यन्त उत्साहजनक चाहा देखाएका छन् ।

अष्ट्रेलिया देखि साउद अफ्रिका सम्म र क्यानाडा देखि जापान सम्मका मुलुकहरुको नेपाल प्रति लगानीको आकर्षण देखाएका छन् । सहभागीताको हिसाबले उहाँहरुको लगानी गर्ने इच्छाको हिसाबले र जुन किसिमको पुँजी परिचालन गर्ने कुराहरु गर्नु भएको छ, त्यो अनुसार लगानी सम्मेलन सफल भएको मान्न सकिन्छ । औपचारीक कार्यक्रम गरे संगै हामीले गरेका दुई पक्षिय वार्ताहरु, ठुला लगानीकर्ताहरु संग भएका मिटिङ्गहरु, यस्ता मिटिङ्गले अत्यन्त धेरै उत्साह जनाई नेपाल प्रति लगानीका प्रतिवद्धता ल्याउनका लागी ठुलो उपलब्धी भएको छ ।

खासगरि हामी लगानीकर्ता र लगानीकर्ताका पनि लगानीकर्ताहरु संग हामी बस्या छौं । उहाँहरुले नेपालमा प्रत्यक्ष लगानी गर्ने , ऋण दिने र ऋणको ग्यारेन्टी बसिदिने र लगानी सहजिकरण गरिदिने जुन कुराहरु गर्नु भएको छ त्यसले गर्दा विदेशी लगानीकर्ताहरुको विस्वास झन बढेको छ ।

यो भनेको स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्ताहरु बीचको सहकार्य हो । हामीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरु दुबैलाई संगै लिएर जान्छौ । एक अर्कालाई विस्तापित गरेर होइन् सहकार्य गर्दै । हाम्रा निजी क्षेत्रहरु बीच भएका वार्ताहरु अत्यन्त फलदायी भएका छन् । लगानी सम्मेलनमा निजी क्षेत्रका साथीहरुले ४० वटा भन्दा बढी व्यवसायीक तबरमा वार्ता गर्नु भएको छ । धेरै राम्रा निचोडहरु निकाल्नु भएको होला भन्ने मलाई लाग्छ । यद्यापी त्यो एमओयूको तबरमा आइपुगेको छैन् । तर त्यसले निकाट भविश्यमा नै राम्रो प्रतिफल दिन्छ भन्ने लागेको छ ।

अब हामीलाई केही चुनौतीहरु थपिएको छ । हाम्रा प्रतिवद्धाता, हामीले गर्न खोजेका सुधार र सम्मेलनबाट आएका पृष्टिपोषणहरुलाई सुधार गर्दै कार्यन्यवनमा लगेर अहिलेको उत्साहलाई अघि बढाउनलाई अझ उत्साहप्रद बनाउने काम हामीले गर्नु छ । हाम्रा ७५ वटा भन्दा बढी परियोजनामा अहिले पनि लगानीका प्रतिवद्धता आएको छ । हामीले त्यसलाई एमओयुको प्रकृयामा नलगेको मात्र हो । हामी प्रकृयापुरा नगरि एमओयुमा लैजान चाहन्दैनौैं । ति सबै प्रतिवद्धतालाई प्रकृया पु¥याएर एमओयु गर्न १ महिनाको समय लाग्छ । १ महिनामा हामी थप लगानी प्रतिवद्धताको एमओयु गर्छौ । हाल सम्म पर्यटन, पुर्वाधार, वित्त, सुचना तथा प्रविधि लगायत सेवामा एमओयु भएका छन् । सोहि अनुसार रकमहरु पनि प्राप्त हुदै जान्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x