Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आइतबार नेप्से सामान्य अंकले घट्यो

आइतबार नेप्से सामान्य अंकले घट्यो

काठमाडौं, १७ चैत । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ । सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.९१ अंकले घटेर ११४३.५९ विन्दुमा कारोबार बन्द भएको हो ।

उक्त दिन १ सय ६५ कम्पनीको ९,५०,६४३ कित्ता सेयर खरिद बिक्री हुँदा २६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारको आधारमा भने बैंक अफ काठमाडौं लिमिटेडले अग्रता लिएको छ । आज बैंकले २१ करोड २४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरेको हो ।

त्यस्तै सबै भन्दा वढी कमाउनेमा अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मूल्य ४.५५ प्रतिशतले बढेको छ । साथै युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा वढी गुमाएका छन् । कम्पनीको प्रति सेयर मूल्यमा आज ९.४९७२१ प्रतिशतको गिरावट देखिएको हो ।

आइतबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ३ वटा समुहको मात्र परिसुचक बढेको छ । सुचक बढाउँनेमा बैंकिङ्ग समुह (०.०२ प्रतिशत ), उत्पादन तथा प्रशोधन समुह (१.६२ प्रतिशत ) र अन्य समुह (०.४१ प्रतिशत ) रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x