Shangrila

सेञ्चुरी बैंकको क्यालेन्डर सार्वजनिक

काठमाडौं, १७ चैत । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको विमोचन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन् ।

क्यालेन्डर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सातवटा प्रदेशहरुमा रहेका पर्यटकीय स्थलहरुलाई समेटेर तयार पारिएको बैंकले जानकारी दिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्वीकृत बिदाहरु तथा चाडपर्वहरु पनि उल्लेख गरिएको छ ।

हाल बैंकले उपत्यका भित्र र उपत्यका बाहिर गरी जम्मा १ सय ३२ स्थानबाट ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *