सन्राइज बैंकको शाखा ठेंचोमा

काठमाडौं, १७ चैत । सन्राइज बैंक लिमिटेडले ललितपुरको ठेंचोमा शाखा विस्तार गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

यो समेत गरी हालसम्म बैंकका शाखा १ सय ४ वटा पुगेका छन् । साथै बैंकले नेपाल अधिराज्य भरी २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *