Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं,१८ चैत । आइतबार साँझ आएको भीषण हावाहुरी र असिना पानीबाट बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५०० भन्दा बढी घाइते छन् ।

यो संख्या अझै बढन सक्ने शुरक्षा अधिकारीले बताएका छन् । तिव्र हावाको वेगका कारण पिल्लर नहालेका घरहरु भत्किदा रातको समयमा उद्धरमा समेत ढिलाइ भएका कारण मृत्यकको संख्या बढी भएको बुझिएको छ । ती जिल्लामा विद्युतका पोलहरु ठाँउँमा ढलेका छन् कतिपय ठाउमा गाडीहरु समेत हावा हुरुले लडाएको थियो । बाराका जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले घाइतेहरुको उपचार एव प्रभावितहरुलाइ राहत चलिरहेको बताएका छन् । उपचारका लागि वीरगन्‍ज अस्पतालमा रगतको अभाव भएको छ । एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ । 

यसैबीच बारा र पर्सामा हावाहुरीका कारण मृत्युहुनेप्रति प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गरेका छन् ।  प्रधानमन्त्री ओलीले उद्दारमा गम्भीर हुन र घाइतेको उपचारका कुनै पनि कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिए  । प्रधानमन्त्रीले मृतकप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सोमबार बिहान आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । ट्वीट गर्दै प्रधानमन्त्री ओलीले उद्दारमा खटिनको लागि सुरक्षा निकाय र पार्टीका जिम्मेवार कार्यकर्तालाई पनि आह्वान गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x