Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हावाहुरी प्रभावितहरुलाई आवास निर्माणका लागि प्रदेश ३ ले एक करोड दिने

काठमाडौं, १९ चैत । तीन नम्बर प्रदेश सरकारले प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आज बिहान बसेको प्रदेश ३ को मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेशमा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी आवास निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

हिजो मात्र मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा पुगी घाइते उनीहरुका आफन्तसँग समेत विरगन्ज र कलैयाको अस्पतालमा पुगेर भेट गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x