Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

सेयर बजारमा दोहोरो अंकको बृद्धि, परिसुचक ११६३.४७ बिन्दुमा

सेयर बजारमा दोहोरो अंकको बृद्धि, परिसुचक ११६३.४७ बिन्दुमा

काठमाडौं, १९ चैत । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लागेको बजार केही उतार चढावका बीच १३.७२अंकले बढेर ११६३.४७ बिन्दुमा बन्द भएको छ।

कारोबारमा आएका मध्ये हाइड्रोपावर, नीर्जिवन बीमाबाहेक अरु सबै समुहको परिसुचक उकालो लागेको छ । हाइड्रोपावर ३.४८ र नीर्जिवन बीमा ६.७६ अंकले घटेको छ । सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ३८.८६ अंकले बढेको छ।

त्यस्तै १ सय ६९ कम्पनीको ५० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएकोमा एनसिसि बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। भागर्व विकास विकास बैंकको लगानीकर्ताले सो दिन सबैभन्दा धेरै कमाएका छन् भने युनिभर्सल पावर कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *