Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

नबिल बैंकको निष्काशन गर्न लागेको ऋण पत्र व्यवस्थापनको जिम्मा लक्ष्मी क्यापिटललाई

नबिल बैंकको निष्काशन गर्न लागेको ऋण पत्र व्यवस्थापनको जिम्मा लक्ष्मी क्यापिटललाई

काठमाडौं, १८ चैत । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ ।

नबिल बैंकले ७५ वटा शाखाहरुको सञ्जाल, १२८ वटा एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x