Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

औद्योगिक ब्यबसाय ऐन परिमार्जनको तयारीमा सरकार

औद्योगिक ब्यबसाय ऐन परिमार्जनको तयारीमा सरकार

काठमाडौं,२० चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले औद्योगिक ब्यबसाय ऐन परिमार्जनको अन्तिम तयारी रहेको बताएका छन् । सरकारले उद्योगी ब्यबसायीहरुको मागलाई ध्यानमा राखेर औद्योगिक ब्यबसाय ऐन परिमार्जन गर्न लगेको मन्त्री खतिवडाले बताए ।

स्वदेशी बिदेशी सबै लगानीकर्ताको ब्यबसायीक सुरक्षा प्रति सरकार प्रतिबद्ध रहेको मन्त्री खतिवडाको भनाई छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघको कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकमा निर्यातमुलक उद्योग ब्यबसायको प्रबद्र्धन र आयात प्रतिस्थापन सरकारको मुख्य प्राथमिकताको बिषय रहेको जानकारी गराए । अर्थमन्त्री खतिवडाले सुनचाँदी ब्यबसायीहरुलाई खानीजन्य उद्योग र ब्यबसायमा लगानी गर्न आग्रह गर्नुभयो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *