Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

सुदूरपश्चिम प्रदेशद्वारा हावाहुरी प्रभावितलाई १ करोड सहयोग गर्ने निर्णय

सुदूरपश्चिम प्रदेशद्वारा हावाहुरी प्रभावितलाई १ करोड सहयोग गर्ने निर्णय

काठमाडौ, १९ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले हावाहुरीबाट प्रभावित भएकाहरुलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहका अनुसार सो सहयोग रकम प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशले हावाहुरीबाट बारा र पर्सामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले हावाहुरीबाट बारा र पर्सामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x