एशियन लाईफ इस्योरेन्सकोे कार्यक्रम सम्पन्न

काठमाडौं, २१ चैत । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले रक्तदान कायैक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थापना बाह«ौं वर्ष प्रवेशको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधान कार्यालय तथा देशैभर रहेका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न उक्त खुल्ला रक्तदान कार्यक्रममा कम्पनीको कर्मचारी सहित ८६ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा १ सय १० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरिएको कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीको देशैभरको शाखा कार्यालयहरुमा समेत मिति २०७५ चैत्र २१ गते आयोजित रक्तदान कार्यक्रममा ५ सय २४ जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवकै अवसरमा २०७५ चैत्र २० गते सफलता एचआइभी शिक्षा सदन (बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *