सन्राइज बैंकद्वारा नयाँ वर्ष २०७६ सालको क्यालेन्डर विमोचन


काठमाण्डौं २१ चैंत । सन्राइज बैंक लिमिटेडको नयाँ वर्ष २०७६ सालको क्यालेन्डरको विमोचन गरिएको छ । बैंकले बिहिबार आफ्नो केन्द्रिय कार्यालय, गैरिधाराम एक औपचारिक समारोहका उक्त क्यालेन्डरको विमोचन गरेको हो ।


क्यालेन्डरमा अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई समावेश गरिएको छ । स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको जानकारी दिएको छ ।


उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरुले बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु वितरण समेत गरेका छन् ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *