Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अत्यावश्यकीय क्षेत्रमा बन्द, हड्ताल निषेध

अत्यावश्यकीय क्षेत्रमा बन्द, हड्ताल निषेध

काठमाडौं, २२ चैत । सरकारले अत्यावश्यकीय क्षेत्रमा बन्द, हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ । चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यकीय क्षेत्रमा बन्दहडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।

मन्त्रिषरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सुचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले खाद्यान्नदेखि ढुवानी, सार्वजनिक यातायात, अस्पताल, औषधि ढुवानी, आन्तरिक सुरक्षा सेवा, पेट्रोल, ग्यास लगायत क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने निर्णय सरकारले गरेको जानकारी दिए ।

सामूहिक सौदाबाजी र नीजि क्षेत्रमा उत्पन्न समस्याका लागि सरकारले सहजीकरण गर्ने उनले बताए । हरेक ६–६ महिनामा निर्णय संशोधन गर्ने गरी सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को १ मा सार्वजनिक हितका लागि आवश्यक एवम् उचित लागेमा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हडताल निषेध गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तै सरकारले विभिन्न सडकखण्डमा सवारीसाधनको सडक उपभोग दस्तुर बढाएको छ । बस, ट्रक र साना सवारीसाधनलाई ३ तहमा राखी दस्तुर कायम गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x