Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु बैंकले भन्सार कार्यालयहरुमा बैंकिङ काउन्टर संचालन गर्ने

प्रभु बैंकले  भन्सार कार्यालयहरुमा बैंकिङ काउन्टर संचालन गर्ने

काठमाडौं, २२ चैत । प्रभु बैंकले नेपाल–भारत सीमानामा रहेका भन्सार कार्यालयहरुमा बैंकिङ काउण्टर संचालन गर्ने भएको छ । विभिन्न नाकामा रहेका ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोवार गर्ने गरि बैंकले नेपाल सरकारसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले आगामी बैशाखदेखि काउण्टरहरु संचालनमा ल्याउनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x