Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लोकसभा निर्वाचनका कारण पेट्रोलियम पाइप लाइन निर्माणको कार्य प्रभावित

लोकसभा निर्वाचनका कारण पेट्रोलियम पाइप लाइन निर्माणको कार्य प्रभावित

काठमाडौं,२५ चैत । भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण पेट्रोलियम पाइप लाइन निर्माणको कार्य प्रभावित हुने भएको छ । नेपाल भारत पेट्रोलियम पाइप लाइनको पटना–मोतिहारी खण्डको तीन किलोमिटर क्षेत्रका बासिन्दाले आफ्नो जग्गाबाट नभई अन्तबाट पाइपलाइन लानुपर्ने भनी विरोध गर्दै आएका छन् । निर्वाचन अवधिमा बल प्रयोग गरी काम अघि बढाउदा भोट बैक विग्रने डरका कारण भारत सरकारले निर्वाचन अवधिभर हस्तक्षेप नगर्ने भएपछि पाइप लाइन निर्माण रोकिएको छ । इन्डियन आयल कर्पोरेसनका अधिकारीका अनुसार चुनावअघि त्यस क्षेत्रमा भारत सरकारले प्रहरी प्रशासनको बल प्रयोग गरेर पनि पाइप लाइन बिच्छ्याउन सक्ने अवस्था छैन । सरकारल भोट बैंक विग्रने डरले चुनाव अघि बल प्रयोग गर्न पनि चाहदैन त्यसैले निर्वाचका कारण पाइपलाइन निर्माणको कार्यक प्रभावित हुने भएको ह अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ दिने भएको र पटना–मोतिहारी खण्डमा तीन किलोमिटर पाइप लाइन निर्माणमा अवरोध भइरहेको छ ।

यता नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा भने पर्सा वन्यजन्तु आरक्ष क्षेत्रका रुख कटानमा ढिलाइ भएका कारण ७.५ किलोमिटर क्षेत्रमा पाइप लाइन राख्ने काम भर्खर मात्र सुरु गरिएको छ । यो पुरा गर्न पनि कम्तिमा ३ महिना लाग्ने बताइएको छ । अमलेखगन्ज डिपोमा भने पाइप लाइनबाट आएको तेल भण्डारणका लागि संरचना तयार भइसकेका छन् । ४१ लाख किलोलिटरका क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयार छन् ।

पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारत सरकारबीच २०७२ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार कुल २७५ करोड भारतीय रुपियाँमध्ये २०० करोड इन्डियन आयल कर्पोरेसन र ७५ करोड नेपाल आयल निगमले व्यहोर्ने गरी आयोजना कार्यान्वयनमा आएको थियो । तर आयोजनाको लागत बढेर ३२४ करोड पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x