सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो

काठमाडौं,२६ चैत । सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज चाँदी पनि १० रुपैयाँले बढेको छ। आज बजारमा छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ६० हजार रुपैयाँमा बिक्री भएको छ। सोमबार छापावाला सुन प्रतितोला ६० हजार र तेजाबी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा बिक्री भएको थियो ।त्यस्तै आज चाँदी पनि १० रुपैयाँ प्रतितोला बढेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *