Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल उद्योग परिसंघको अध्यक्षमा शतिष मोर

नेपाल उद्योग परिसंघको अध्यक्षमा शतिष मोर

काठमाडौं, २६ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को अध्यक्षमा शतिष मोर निर्वाचित भएका छन् । परिसंघको १६ औं बार्षिक साधारणसभाबाट मोर २ बर्षका लागी अध्यक्ष्य चयन भएका हुन् ।

लक्की ग्रुपका अध्यक्ष तथा शिवम् सिमेन्टका संचालक रहेका मोर परिसंघको वरिष्ट उपाध्यक्ष पनि रहेका थिए । परिसंघमा वरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान रहेको हुनाले पनि उनी अध्यक्ष चयन हुनेमा पहिले नै पक्का थियो ।

यसका साथै परिसंघको साधारणसभाबाट उपाध्यक्षमा अनुज अग्रवाल, विष्णु अग्रवा, शुलभ अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे चयन भएका छन् । वरिष्ट उपाध्यक्ष चयन हुन भने बाँकी नै रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x