बजेट कार्यान्वयका समस्या समाधानका लागि सुझाब संकलन गर्न संसद समिति

काठमाडौं, २६ चैत ।  प्रतिनिधि सभाको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट लक्षित गरेर सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ । विगतका आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्न समस्या भएको निष्कर्ष सहित बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमा देखिएका समस्या समाधान गर्ने उद्धेश्यले सरकारलाई सुझाव दिन उपसमिति गठन गरी सुझाब संकलन गर्न लागिएको हो ।

आागमी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेस हुनु अगावै प्रतिवेदन तयार बनाएर सरकारलाई बुझाउने समितिले जनाएको छ ।  समितिल प्रदेश १, २ र ३ मा सुझाव संकलनका लागि ज्ञानेन्द्र बहादुर कार्कीको संयोजकत्वमा १२ जनाको उपसमिति बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *