Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ : अर्थमन्त्री खतिवडा

नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाली र फ्रान्सेली उद्यमी व्यवसायीहरुबीचको छलफल कार्यक्रममा नेपालमा लगानी गर्ने लगानीकार्ताहरुलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।

मन्त्री डा. खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको बताए । नेपालमा लगानीको वातावरण पूर्ण रुपमा तयारी भएकोले निर्धक्क भएर लगानी गर्
फ्रान्सका लगानीकर्तालाई आग्रहसमेत गरे ।

त्यस्तै लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न भएको लगानी सम्मेलनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको सन्देश दिएको बताए । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल पर्यटन व्यवसायको लागि उत्कृष्ट देश भएको बताईन् । नेपालमा लगानी गर्ने लगानीकर्तालाई महासंघले पनि आवश्यक सहयोग गर्ने जानकारी दिइन् ।

व्यवसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुको तर्फबाट जल तथा नविकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्य सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x